+

कालिकोटको रेगिंलमा खुला खेलकुद प्रतियोगिता हुने

२०८३ असोज  १५ गते १३:३८ २०८३ असोज १५ गते १३:३८

१५ असोज, काठमाडौं । कालिकोटको रेंगिलमा दशैं तिहार बृहत् सांस्कृतिक कार्यक्रम तथा खुला खेलकुद प्रतियोगिता हुने भएको छ ।

रिब्जी युनाइटेड फर सोसियल अवारनेश (रुक्सा) को आयोजनामा कात्तिक १५ देखि १८ गतेसम्म कालिकोट खाडाचक्र नगरपालिका–११ रेगिंलमा उक्त प्रतियोगिता हुन लागेको हो ।

खुला खेलकुद प्रतियोगितामा पुरुष तथा महिला फुटबल र भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ । पुरुष फुटबलतर्फ विजेताले एक लाख ४४ हजार ४४४ र उपविजेताले ७७ हजार ७७७ रुपैयाँ पाउने छन् ।

महिलातर्फ विजेताले ३३ हजार ३३३ र उपविजेताले १५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । दर्ता शुल्क पुरुषतर्फ १० हजार र महिलातर्फ ३ हजार ५ सय तोकिएको छ ।

भलिबलमा पुरुषतर्फको विजेताले ४४ हजार ४४४ र उपविजेताले २२ हजार २२२ तथा महिलातर्फ विजेताले २२ हजार २२२ र उपविजेताले ११ हजार १११ पाउनेछन् ।

पुरुष भलिबलमा ४ हजार ५ सय तथा महिला भलिबलमा २ हजार २ सय दर्ता शुल्क तोकिएको छ ।

खुला खेलकुद प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय