१५ असोज, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद खुश्बु सरकार श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावले जनप्रतिनिधिको औचित्यमाथि नै प्रश्न खडा गरेको बताएका छन् ।
बिहीबारको बैठकमा उनले प्रविधिको विकासले सांसदहरूलाई विस्थापित वा असान्दर्भिक बनाउन सक्ने भन्दै समयमै सचेत हुन सदनको ध्यानाकर्षण गराएका हुन् ।
उनका अनुसार, एआईले सूचना संकलन, तथ्यांक विश्लेषण र नीति निर्माणमा मानिसभन्दा कैयौँ गुणा छिटो काम गर्न सक्ने क्षमता राख्छ ।
‘यदि एउटा मेसिनले हामीभन्दा राम्ररी जनताका समस्या बुझ्न सक्छ र छिटो समाधान दिन सक्छ भने, जनप्रतिनिधिका रूपमा हाम्रो भूमिका के रहन्छ ? एआईले हामीलाई चुनावमा हराउनु पर्दैन, उसले हामीलाई असान्दर्भिक बनाइदिए पुग्छ,’ उनले भने ।
उनले राजनीतिक दलका परम्परागत शैलीहरू जस्तै–लामो भाषण, ठूला पोस्टर र घोषणापत्रहरू अबको एआई युगमा अर्थहीन हुनसक्ने भन्दै चेतावनी दिए ।
उनले एआईले सक्षम र असक्षमबीच स्पष्ट रूपमा छुटाउने भएकाले सांसदहरूले आफ्नो कार्यशैली बदल्नुपर्ने आवश्यकता औंल्याए ।
एआईलाई रोक्नु सम्भव नभएको बताउँदै उनले मानवीय जवाफदेहिता र नैतिक निर्णयको पाटो भने मानिसकै हातमा रहनेमा जोड दिए ।
प्रतिक्रिया 4