+
+
Shares

काठमाडौं–३ का प्रतिनिधि बदर गर्न माग गर्दै कांग्रेसको निर्वाचन समितिमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १६:५५

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं–३ को प्रतिनिधि छनोट सर्वसम्मत गरिएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ ।

प्रतिनिधि छनोट निर्वाचन मार्फत टुंगाउनुपर्ने माग सहित बिहीबार उजुरी परेको हो ।

निर्वाचन अधिकृतलाई कब्जामा पारेर सहमतिका नाममा निर्वाचन नगरिएको उजुरीमा उल्लेख छ ।

पार्टी प्यालेसमा मध्यरातमा सर्वसम्मत भन्दै प्रतिनिधि छानिएको भन्दै बदरको माग गरिएको छ ।

कांग्रेसको लोकतान्त्रिक धज्जी उडाउने कार्य गरिएको उजुरीमा उल्लेख छ । सहमति नामको प्रक्रिया रोकी निर्वाचन प्रक्रिया मार्फत प्रतिनिधि चयन गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?