+
+
Shares

कांग्रेस सांसद खातीको प्रश्न– सरकार संविधान बमोजिमको हो कि होइन ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १८:३७

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद खम्मबहादुर खातीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई गरिएको गिरफ्तारीबारे सरकारसँग जवाफ माग गरेका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकार संविधान र विधिको शासनअनुरुप नचलेको आरोप पनि लगाए । उनले यो सरकार संविधान बमोजिम बनेको हो कि होइन ? भन्दै प्रश्न पनि गरे ।

संविधानअनुसार बनेको सरकारले संविधानको कार्यान्वयन गर्नुपर्नेमा सरकार त्यसतर्फ अघि बढ्न नसकेको उनको भनाइ छ । सांसद खातीले पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ गर्नुको कारणबारे प्रधानमन्त्री तथा गृहमन्त्रीले संसदमा जवाफ दिन रुलिङको माग गरे ।

‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई के कति कारणले बिना कारण १२ घण्टा बढी थुनामा राखिएको हो । सुरक्षा खतराको कारण सुरक्षित ठाउँमा राखिएको भनिएको छ । यो भनेको के हो ?,’ उनले भने, ‘कसबाट खतरा भयो ? राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई किन भेट्न दिइएन ? यो संविधान बमोजिमको सरकार हो कि होइन ? हो भने यो सरकारले संविधानको परिपालना गर्नुपर्छ कि पर्दैन ?’

उनले सरकारले संविधानको न्यायको हक, स्वतन्त्रताको हक र मानव अधिकारको हक कुण्ठित गरेको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?