+
+
Shares

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते ९:४४

१६ असोज, धनगढी । कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा च्याउ टिप्न गएका स्थानीय कृष्ण चौधरी बाघको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौरीगंगा नगरपालिका–६ चरीडाँडाका करिव ४० वर्षीय चौधरी बिहानै च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ ।

घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?