+
+
Shares

बालबालिकाका माग समेटिएको पत्र मुख्यमन्त्रीलाई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १३:४४

१६ असोज, जनकपुरधाम । मधेश प्रदेशका बालबालिकाका सवाल, आवश्यकता र सुझावलाई नीतिगत तहसम्म पुर्‍याउने उद्देश्यले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष बालबालिकाका माग तथा सुझाव समेटिएको ‘बालबालिकाको चिठ्ठी’ हस्तान्तरण गरिएको छ ।

सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालद्वारा सञ्चालित समुन्नति कार्यक्रमअन्तर्गतको एसएचआईएफटी अभियानमार्फत बालविवाह अन्त्य तथा बालअधिकार प्रवर्द्धनका युथ फर चेन्जका युवा प्रतिनिधिहरूले चिठ्ठी सहितको बाकस बुझाएका हुन् ।

महोत्तरी जिल्लाका एक सयभन्दा बढी बालबालिकाले लेखेको चिठ्ठीमासहितो पेटिकामा शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार तथा सुरक्षित वातावरणसँग सम्बन्धित विभिन्न माग समेटिएका चिठ्ठीहरू छन् ।

आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि लक्षित छात्रवृत्ति र शैक्षिक सहयोगको व्यवस्था गर्न, विद्यालय तथा सार्वजनिक स्थानमा बालबालिका, किशोरी र अपाङ्गता भएका व्यक्तिमैत्री सुरक्षित तथा सुविधायुक्त शौचालय निर्माण, शैक्षिक सत्र सुरु हुनुअघि नै नि:शुल्क पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने र विद्यालय तथा समुदायमा क्रिकेटलगायत खेलकुद सामग्रीको पहुँच बढाउनुपर्ने माग गरिएको छ ।

बालबालिकाले सुरक्षित आवतजावतका लागि सडक निर्माण तथा स्तरोन्नति, वर्षायाममा हुने डुबान र पानी जम्ने समस्या समाधान गर्न व्यवस्थित नाली निर्माण तथा मर्मतसम्भार गर्न पनि आग्रह गरेका छन् ।  साथै विद्यालय तथा समुदायमा शिक्षा, खेलकुद, सुरक्षा, मनोरञ्जन र सर्वाङ्गीण विकासका लागि आवश्यक बालमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ ।

बालविवाह न्यूनीकरणसँगै बालबालिकाको समग्र विकासका लागि उनीहरूका आधारभूत आवश्यकता र अधिकारलाई प्रदेशको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेट्नुपर्ने मागपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?