+
+
Shares

राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १४:२०

१६ असोज, काठमाडौं । राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिनिधि सभाबाट विभिन्न संशोधनहरूसहित फिर्ता आएको सो विधेयकलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रश्तुत गरेका थिए ।

शुक्रबारको बैठकमा विधेयकमाथि भएको विस्तृत छलफलपछि मन्त्री पुनले प्रतिनिधि सभाबाट गरिएको संशोधनलाई स्वीकार गरी विधेयक पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गरेका थिए ।

लामो समयदेखि प्रक्रियामा रहेको यस विधेयकलाई अगाडि बढाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ ।

यस विधेयकको पारितसँगै नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनका लागि आवश्यक कानूनी आधार तयार भएको छ ।

यसले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको पहुँचलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

मन्त्री पुनले यस विधेयकको महत्वबारे सदनलाई जानकारी गराउँदै यसको कार्यान्वयनले वैज्ञानिक अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?