काठमाडौं । भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’ को टिजर सार्वजनिक भएको छ । अनमोल केसीको शीर्ष भूमिका रहेको यो फिल्मले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ ।
‘बाटुलो जून’ केवल पुरानो समयको कथा भन्ने फिल्म मात्र नभएर आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको निर्देशक केसी बताउँछन् । उनले आफूले अभिनय गरेको दशकअघिका प्रेमकथाको समय र संवेदनालाई सम्झँदै त्यही समयलाई नयाँ पुस्ताका लागि पर्दामा पुनः सिर्जना गर्ने प्रयास गरेको बताएका छन् ।
चलचित्रमा अनमोलले शीर्ष भूमिका मुख्य भूमिका निर्वाह गरेका छन् भने स्वयं भुवन पनि महत्वपूर्ण भूमिकामा छन् । यो फिल्मबाट प्रिन्सी खतिवडाले डेब्यु गरेकी हुन् भने यही फिल्मबाट बेल्जियममा बसोबास गर्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि पुनरागमन गरेकी छन् ।
चलचित्रलाई सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन् । यो फिल्म कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ । फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4