१६ असोज, कैलाली । कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार शुक्रबार धनगढीबाट सुवेदीसहित चार जना खुटिया नदीमा नुहाउन गएका थिए ।
नुहाउने क्रममा नदीमा डुबेका सुवेदीलाई उनका साथीहरूले तत्काल खोजी गरे पनि फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर खोजी गरिरहेको प्रहरी प्रवक्ता तिमिल्सिनाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4