१७ असोज काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
उनी नवलपरासी (पश्चिम) क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । केन्द्रीय सदस्य पाठकले रामग्राम नगरपालिका–९ बाट परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएका थिए ।
केन्द्रीय सदस्य पाठकले महाधिवेशन प्रतिनिधिका लागि खुल्लातर्फ प्रतिस्पर्धा गरेका थिए । खुल्लातर्फ ४०८ मतसहित १०औं नम्बरमा रहेका उम्मेदवार महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदा उनले ३९८ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4