१७ असोज, काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेलाई पार्टी बैठकमा जुम्लाको स्याउ वितरण गरेकोमा धन्यवाद दिएका छन् ।
सँगै जुम्लाको स्याउलाई बजार दिलाउन विदेशबाट आयात हुने स्याउ रोकिदिन पनि लामिछानेसँग शाहीले फेसबुकमार्फत आग्रह गरेका छन् ।
शाहीले सरकार, कृषि मन्त्रालय र मन्त्री रास्वपाकै रहेको बताउँदै जुम्लाको स्याउ अहिले बजारमा रहेपनि किसानले उचित मूल्य नपाएको भनेका छन् । उनले अगाडि लेखेका छन्, ‘त्यसैले मेरो आग्रह छ, जुम्लाको स्याउ बजारमा रहने समयसम्म विदेशबाट आउने स्याउ रोकिदिनुहोस् ।’
यति गरिदियो भने जुम्ली किसानले यो गुण कहिल्यै नबिर्सने शाहीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4