९७ अनुसन्धानपत्रमध्ये ४६ वटा प्रकाशनका लागि छनोट
१७ असोज, ललितपुर । ‘कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिमा नवप्रवर्तनसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन– २०२६ सुरु भएको छ ।
कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिका क्षेत्रमा नवीनतम अनुसन्धान, वैज्ञानिक ज्ञान, प्राविधिक नवप्रवर्तन र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ललितपुरको ग्वार्कोस्थित रोयल टुलिपमा सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनले अनुसन्धानकर्ता तथा प्राज्ञिक समुदायबीच ज्ञान र अनुभव आदानप्रदानका लागि साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ ।
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी ९ल्ऋक्ष्त्० को आयोजनामा भईरहेको यस सम्मेलनर्मा नेपालसहित भारत, चीन, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, अस्ट्रेलिया र मलेसिया गरी आठ देशको सहभागिता रहेको छ ।
कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिका विविध क्षेत्रमा भएका अनुसन्धान, नवीनतम उपलब्धि र भविष्यका सम्भावनाबारे विचार आदानप्रदान गर्ने महत्त्वपूर्ण शैक्षिक मञ्चका रूपमा पनि यस सम्मेलनलाई लिइएको छ ।
सम्मेलनमा विभिन्न अनुसन्धानकर्ता तथा प्राज्ञिक क्षेत्रका व्यक्तिहरूबाट प्राप्त ९७ वटा अनुसन्धानपत्रमध्ये ४६ वटा अनुसन्धानपत्र छनोट भएका छन्।
प्त अनुसन्धानपत्रमध्ये करिब ४७ प्रतिशत मात्र छनोट हुनु सम्मेलनमा अनुसन्धानको गुणस्तर तथा शैक्षिक मापदण्डलाई महत्त्व दिइएको तथ्यका रूपमा प्रस्तुत हुन्छ ।
छनोट भएका अनुसन्धानपत्रहरू सहकर्मी समीक्षा जर्नलमा प्रकाशित गरिने र तिनको अनलाइन संस्करण वयगचलब।िलअष्त।भमग।लउ मार्फत उपलब्ध गराइने जानकारीपनिआयोजकले दिएका छन् ।
सम्मेलनलाइ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट० का उपकुलपति प्रा। डा। जनार्दन लामिछाने, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा। डा। प्रेमनारायण अर्याल तथा भारतको राँचीस्थित सरला बिरला विश्वविद्यालयका योजना तथा विकास संकायका डिन एवं इन्स्टिच्युट अफ इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन्स इन्जिनियर्स , झारखण्डका अध्यक्ष प्रा। डा। विजय कुमार कुमार सिंहेले संयुक्त रुपमा उद्घाटन तथा शुभकामना दिएका थिए ।
प्रतिक्रिया 4