+
+
Shares

सर्लाहीको जिरायतमा पोथी हात्ती मृत फेला

अमलेश शर्मा अमलेश शर्मा
२०८३ असोज १८ गते १५:२०

१८ असोज, सर्लाही । सर्लाहीको बागमती नगरपालिका–४ जिरायतमा करिब १० वर्षको पोथी जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।

ब्रहमबाबा सामुदायिक वन नजिकै स्थानीयले लगाएको परोर खेतमा आइतबार बिहान हात्ती मृत फेला परेको हो । स्थानीयका अनुसार हिजो शनिबार राति करिब ८ बजेतिर बस्ती नजिकै हात्ती देखिएको थियो । राति खेततर्फबाट हात्ती कराएको आवाजसमेत सुनिएको उनीहरूले बताएका छन् ।

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख विनोद सिंहका अनुसार, हात्तीको सुडमा घाउजस्तो देखिएको छ । तर, मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन ।

हात्ती झुण्डमा आएको हुनसक्ने वन कार्यालयको अनुमान छ । घटनास्थल बागमती नदीको छेउमा पर्छ । उक्त क्षेत्रमा यसअघि पनि जङ्गली हात्ती आउने–जाने गरेको स्थानीयले बताएका छन् ।

हात्तीको मृत्युको कारण पत्ता लगाउन पर्सा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली घटनास्थल पुगेको छ । चितवनबाट पशु चिकित्सकको टोलीसमेत घटनास्थलतर्फ आउँदै गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

सर्लाहीका वन तथा नदी आसपासका क्षेत्रमा समय–समयमा जङ्गली हात्ती देखिने गरेका छन् । मृत हात्तीको मृत्युको वास्तविक कारण प्राविधिक परीक्षणपछि मात्रै खुल्ने वन कार्यालयले जनाएको छ ।

लेखक
अमलेश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?