१८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको चर्चा गरेका छन ।
तिव्रतर आर्थिकका लागि राजनीतिक स्थिरचा चाहिने भन्दै उनले यस निम्ति एउटा विकल्प प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुन सक्ने बताएका हुन् ।
काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालमा तीन बर्ष हाराहारी मात्रै एउटा सरकार टिकेको अवस्था रहेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।
वर्तमान सरकारलाई पाँचै वर्ष टिकाउन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि आग्रह गरे ।
अनि थपे, ‘अहिले टिकाउनुहोस् । टिकाउनुपर्छ भनेर शुभकामना दिन चाहन्छु । तर हाम्रो जे प्रवृति छ त्यसले के हुन्छ म भन्न सक्ने अवस्थामा छैन’ उनले भने, ‘त्यसैले कि त एउटा सहमति बनाएर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिकाको पक्षमा तपाईंहरू जानहोस् । त्यही अनुसार संघीय ढाँचामा पनि सुधार गर्नुहोस् ।’
प्रतिक्रिया 4