+
+
Shares

एमाले महासचिवको चिन्ता : भूराजनीतिक द्वन्द्वका कारणले नेपाल के हुने हो !

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १७:१५

१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूराजनीतिक द्वन्द्वको विषय महत्त्वपूर्ण रहेको बताए ।

काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले भने, ‘भूराजनीतिक द्वन्द्वको कारणले नेपालको भविष्य के हुने हो ! प्रश्न खडा भएको छ ।’

सम्बोधनका क्रममा उनले सरकारले सबै प्रकारका राष्ट्रिय मुद्दामा सरकारले संवाद गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

‘देशको अस्मिता, सार्वभौम सत्ताको लागि नेपालका राजनीतिक दलहरू, राष्ट्रियताको पक्षमा एक ठाउँमा उभिनुपर्ने अवस्था उत्पन्न भएको छ,’ उनले भने, ‘नेपाली जनतालाई आश्वास्त पार्नुपर्ने भएको छ । छिमेकी राष्ट्रहरूलाई आश्वास्त पार्नुपर्ने भएको छ ।’

युवाहरूले स्वदेशमै भविष्य चाहेको भनेर उनले सरकारले त्यसअनुसार काम गर्नुपर्ने सुझाए ।

इतिहासबाट सिकेर अगाडि बढ्नुपर्ने आग्रह गरे । तर, कस्तो भूराजनीतिक समस्या आएको भनेर थप व्याख्या गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?