१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार ढल्छ भनेर टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन् ।
काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कहिलेकाहीँ सुनिन्छ । सरकार कमजोर भयो । उस्तै परे सरकार ढल्छ, अहिले ढल्छ, भोलि ढल्छ । दशैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ । नेपाल संवद्मा ढल्छ । ढल्छ कि ढल्छ भनेको बडो सुन्छु,’ लामिछानेले भने ।
यस्तो भन्नेहरूलाई उनको जवाफ छ, ‘ढल्न त ढल्छ तर यो पटक पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोस् भएर चाहिँ ढल्छ । सरकार ढल्दैन । विलकुलै ढल्दैन् ।’
इतिहास रच्नेसहित सरकार बनाएको उनले बताए । लोकतन्त्रप्रति आफूहरूको प्रतिबद्धता रहेको बताए ।
लोकतन्त्रमाथि तलमाथि गर्न खोजे जनताले बचाउने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4