+
+
Shares

गगन लक्षित अमरेशको टिप्पणी– ‘इतिहासको गौरव गाएर मात्र पुग्दैन, सर्वनाशको जिम्मेवारी पनि लिनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते ९:४३

१९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले कांग्रेस सभापति गगन थापालाई लक्षित गरी कडा टिप्पणी गरेका छन् ।

कांग्रेसको महाधिवेशन सुरु भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै सिंहले पार्टी छाडेर गएकाहरूलाई कांग्रेस नेतृत्वले नै बाहिरिन बाध्य बनाएको आरोप लगाएका छन् ।

‘यत्तिकै पार्टी छोडेर गएका होइनन्, तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन्,’ कांग्रेसका पूर्वसांसद समेत रहेका सिंहले लेखेका छन् ।

उनले कांग्रेसले आफूलाई ‘लोकतन्त्र ल्याउने पार्टी’ भनेर गर्व गरे पनि अहिले पार्टीको अवस्था यस्तो हुनुको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन् ।

‘लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्‍याउने जिम्मेवारी कसको हो ?’ उनले प्रश्न गरेका छन् ।

इतिहासको गौरव मात्र गाएर नहुने भन्दै सिंहले कांग्रेसले वर्तमान अवस्थाको जिम्मेवारीसमेत लिनुपर्ने बताएका छन् । ‘इतिहासको गौरव गाएर मात्र पुग्दैन, वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिन सक्नुपर्छ,’ अमरेसले लेखेका छन्, ‘लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने, अनि त्यही पार्टीको जग आफैं भत्काउने– योभन्दा ठूलो विडम्बना अरू के होला ?’

सिंह पूर्व कांग्रेस सांसद हुन् । गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट रास्वपाका उम्मेदवारका रूपमा चुनाव लडेका सिंहले कांग्रेस सभापति गगन थापालाई पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?