News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत सरकारको कामकारबाही, सुशासन र समृद्धिको रोडम्यापप्रति गम्भीर प्रश्न उठाएका छन्।
- उनले भने, 'के समृद्धि र सुशासनको रोडम्याप यही हो? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ? सोच्ने बेला भएको छैन?'
- सांसद सिंहले सरकारी निकायमाथिको हस्तक्षेप र परराष्ट्र नीतिप्रति असन्तुष्टि जनाउँदै व्यापारीहरूको धरपकडले उनीहरू त्रसित भएको उल्लेख गरेका छन्।
२८ साउन, काठमाडौं । सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारको कामकारबाहीका विषयमा गम्भीर प्रश्न सोधेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहँदा पनि सोच्ने बेला भएको छैन? भन्दै प्रश्न गरेका हुन्।
उनले लेखेका छन्, ‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भैरहेको छ? सोच्ने बेला भएको छैन ?’
त्यस्तै उनले देशका सार्वजनिक संस्थान, सरकारी निकाय, सेना प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको भन्दै रास्वपाकै सांसद खगेन्द्र सुनारप्रति इंकित गरे।
सुनारले बुधबारको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा म्यादी प्रहरीको पोसाक खरिमा भ्रष्टाचार गरेको आरोप लगाउँदै आईजीपी र गृहसचिवमाथि गम्भीर टिप्पणी गर्दै असंसदीय अभिव्यक्ति दिएका थिए।
सिंहले परराष्ट्र नीति कसैले विश्वास गर्नै नसक्ने खालको भएको बताएका छन्।
‘देशैभरको सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना प्रहरी र कर्मचारीको हुर्मत लिने काम भरहेको छ। संसद्हरु को बक्तव्य यस्तो कि समानित संसद्कै बेइजती भैरहेको छ। व्यापारीहरूको धडपकडले व्यापारीहरू त्रसित छन्,’ उनले लेखेका छन्, ‘परराष्ट्र नीति त झन् यस्तो कि कसैले विशश्वास गरिरहेको छैन।’
प्रतिक्रिया 4