+
+
Shares

ट्रकबाट २ हजार ५६६ केजी गाँजा बरामद, चालक र सहचालक पक्राउ

प्रहरीका अनुसार ट्रक चालक धनकुटाको शहीदभूमि गाउँपालिका-२ का ३३ वर्षीय राजु राई र सोही ठाउँका सहचालक १८ वर्षी सन्दीप राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १०:१०

१९ असोज, काठमाडौं । सुनसरीमा ट्रकबाट ठूलो परिमाणको गाँजा बरामद भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख १८२५ नम्बरको ट्रकबाट २ हजार ५६६ केजी गाँजा बरामद भएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बन्दागोभीले छोपेर ढुवानी गरिरहेको अवस्थामा ट्रकभित्रबाट ६३ वटा बोरामा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इनरुवा नगरपालिका-३ सखुवागाछीमा ट्रक चेक गर्ने क्रममा गए राति उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार ट्रक चालक धनकुटाको शहीदभूमि गाउँपालिका-२ का ३३ वर्षीय राजु राई र सोही ठाउँका सहचालक १८ वर्षी सन्दीप राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?