+
+
Shares

नयाँ नागरिक अभियान घोषणा गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १०:४७
हृदयेश त्रिपाठी र दीपकुमार उपाध्याय

१९ असोज, काठमाडौं । हृदयेश त्रिपाठी, दीपकुमार उपाध्याय लगायतको पहलमा नयाँ नागरिक अभियान घोषणा गरिँदैछ ।

त्रिपाठीका अनुसार गैरराजनीतिक नागरिक अभियान चलाउन लागिएको हो । दिउँसो ३ बजे ललितपुरको पुल्चोकस्थित द प्लाजाबाट यो अभियानको घोषणा हुनेछ ।

‘नयाँ र पुरानोको बीचमा विवाद छ । तटस्थ आवाज आइदिएन । नयाँले पुरानो र पुरानोले नयाँलाई नटेर्ने जस्तो छ । यो ग्याप पूरा गर्ने थलो बनाउने हाम्रो प्रयास हो,’ त्रिपाठीले भने, ‘यसमा प्रोफेसर, पूर्व कर्मचारी, सीमित राजनीतिक व्यक्तिहरू रहन्छन् । राजनीतिक व्यक्तिहरूमा मेधावी र दाग नभएकाहरू समेटिन्छन् ।’

नागरिक अभियान घोषणासँगै अवधारणापत्र पनि सार्वजनिक गरिने त्रिपाठीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?