+
+
Shares

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते ११:४६

१९ असोज, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् ।

१९ असोजदेखि २५ गतेसम्म उनको बेलायत भ्रमण हुने बताइएको छ । बेलायती सेनाका चिफ अफ जनरल स्टाफ रोय वाकरको निमन्त्रणमा उनी बेलायत प्रस्थान गरेका हुन् ।

सिग्देललाई बलाधिकृत रथी प्रदीप जंग केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् । यस किसिमको भ्रमणले दुई देशको आपसी सम्बन्ध तथा सैनिक कुटनीतिकमार्फत नेपालको पराष्ट्र नीतिलाई समेत योगदान पुग्ने नेपाली सेनाले बताएको छ।

उनको अनुपस्थितीमा बलाधिकृत रथी केसीले कायम मुकामय प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?