+
+
Shares

मोटरसाइकल दुर्घटनामा घाइते युवकबाट पेस्तोल बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १४:५०

१९ असोज, सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

गएराति करिब १ बजे जनकपुरबाट घरतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर सामान्य घाइते भएका छन् ।

घटनास्थलमा पुगेको प्रहरीले ठाकुरको शरीर खानतलासी गर्दा एक थान सिक्सर पेस्तोल फेला पारेको हो । पेस्तोलमा गोली भने नभेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।

प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेको पाइएको छ । मोटरसाइकल, पेस्तोल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?