१९ असोज, विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि विराटनगर किङ्स र एभरेस्ट बैंक लिमिटेडबीचको सहकार्य निरन्तर रहने भएको छ ।
विगतदेखि नै विराटनगर किङ्ससँग सहकार्य गर्दै आएको एभरेस्ट बैंकले आगामी एनपीएल सिजन–३ मा पनि टोलीसँगको साझेदारीलाई निरन्तरता दिने भएको हो । यस सम्बन्धी सम्झौता विराटनगरमा आयोजित एक कार्यक्रमबीच भएको विराटनगर किङ्सले जनाएको छ ।
नेपाली क्रिकेटको विकास तथा खेलकुद क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको एभरेस्ट बैंक र विराटनगर किङ्सबीचको निरन्तर सहकार्यले नेपाली क्रिकेटमा निजी क्षेत्रको सहभागितालाई थप बलियो बनाउने विश्वास टोलीले व्यक्त गरेको छ ।
सहकार्यलाई निरन्तरता दिएकोमा विराटनगर किङ्सले एभरेस्ट बैंकप्रति आभार व्यक्त गरेको छ। टोलीले नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउने अभियानमा कर्पोरेट क्षेत्रको साथ महत्वपूर्ण रहेको जनाएको छ ।
विराटनगर किङ्सले आगामी दिनमा पनि एभरेस्ट बैंकसँगको साझेदारीलाई अझ प्रभावकारी र दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
बैंक र टोलीबीचको निरन्तर सहकार्यले खेलकुद र कर्पोरेट क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4