+
+
Shares

चितवनमा जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

कालिका नगरपालिका– ५ वडा कार्यालय चोकमा जिप र ट्याक्टर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १६:३८

१९ असोज, चितवन । चितवनको कालिका नगरपालिका– ५ वडा कार्यालय चोकमा जिप र ट्याक्टर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् ।

कालिका नगरपालिका–५ को कार्यालय चोकमा मचौली टोलबाट लंकालाइनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनी घाटबाट वनकट्टातर्फ जाँदै गरेको बाप्र.३–०१–०२४ च ३४७३ नम्बरको जिप एकआपसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनाकामा जिपमा सवार कालिका नगरपालिका–३ कि ३५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टर चालक कालिका– १ का ४२वर्षीय बिके स्याङ्वोलाई नियन्त्रणमा लिएको छ । जिप चालक घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?