+
+
Shares

प्रकाश तिवारीले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अनलाइनखबरले हरेक वर्ष छनोट गर्ने प्रभावशाली ‘४० मूनिका ४०’ उनी पुरस्कृत भएका थिए ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १७:०५

१९ असोज, काठमाडौं । स्याङ्जास्थित अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।आइतबारबाट सुरु भएको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तिवारीले बताएका छन् ।

तिवारीले खस आर्य क्लष्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका हुन् । उक्त क्लस्टरबाट सात जना केन्द्रीय सदस्य छनोट हुनेगरी विधानमा व्यवस्था गरिएको छ ।

२०७९ को स्थानीय तहको निर्वाचनमा उनी अर्जुनचौपारी गाउँपालिकामा अध्यक्ष निर्वाचित भएका थिए । अध्यक्षका रूपमा उनले गरेका कार्यसम्पादन उत्कृष्ट भएका छन् । ७५३ पालिकामा कार्यसम्पादनको आधारमा सर्वोत्कृट पालिकाको पुरस्कार अर्जुनचौपारी गाउँपालिकाले पाएको थियो ।

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अनलाइनखबरले हरेक वर्ष छनोट गर्ने प्रभावशाली ‘४० मूनिका ४०’ उनी पुरस्कृत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?