१९ असोज, काठामडौं । काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण अक्टोबर ३० देखि नोभेम्बर १ सम्म काठमाडौँमा हुँदैछ । फेस्टिभलमा सहभागिताका लागि २६ फिल्म छनोट भएका छन् ।
अन्तर्राष्ट्रिय आह्वानमार्फत प्राप्त हरर, थ्रिलर, सुपरनेचुरल, डार्क फ्यान्टसी र लोककथामा आधारित फिल्महरूमध्येबाट २६ फिल्म छनोट भएका हुन् । जसमा ८ फिचर र १८ सर्ट फिल्म रहेका छन् । छनोटमा २१ देशका फिल्म छन्, जसमध्ये ५ वटा नेपाली निर्माण वा सह-निर्माण हुन् ।
पहिलो संस्करणदेखि भेन्यु पार्टनर रहेको रसियन हाउस काठमाडौंले यस वर्ष पनि फेस्टिभलको आयोजनास्थल उपलब्ध गराएको छ ।
काठमाडौँ हरर फिल्म फेस्टिभल नेपाल चलचित्र तथा सांस्कृतिक एकेडेमीले आयोजना गर्ने हरर तथा जेनर सिनेमा केन्द्रित फेस्टिभल हो । २०२५ मा सुरु भएको यो फेस्टिभलले नेपाली फिल्ममेकरहरूलाई स्थानीय लोककथा, मिथक र परम्परामा आधारित कथा भन्न प्रोत्साहन गर्छ । साथै विश्वका जेनर फिल्महरू नेपाली दर्शकसम्म ल्याउँछ ।
प्रतिक्रिया 4