१९ असोज, काठमाडौं । सर्बियन स्टार नोभाक जोकोभिच चाइना ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको सेमिफाइनलमा रुसका डानिल मेडभेडेभलाई २-० को सेटमा पराजित गर्दै ३९ वर्षीय जोकोभिच उपाधिको नजिक पुगेका हुन् ।
जोकोभिचले पहिलो सेट ७-५ ले जितेका थिए । दोस्रो सेट ५-३ मा चलिरहँदा उनले म्याचका लागि सर्भ गर्दै थिए र १५-१५ को स्कोर थियो ।
सोही क्रममा मेडभेडेभले आउट गएको बललाई यतिकै प्रहार गर्दा दर्शकदीर्घामा बसेका एक दर्शकको आँखामा लागेको थियो । त्यसपछि मेडभेडेभलाई डिफल्ट गरिएपछि उनी डिस्क्वालिफई भए र जोकोभिच अगाडि बढे ।
जोकोभिचले उपाधिका लागि अस्ट्रेलियाला एलेक्स डे मिनोरसँग खेल्ने छन् ।
यो प्रतियोगिता एटीपी मास्टर्स ५०० अन्तर्गतको रहेको छ । जोकोभिचले चाइना ओपन ६ पटक जितेका छन् ।
पछिल्लो पटक उनले सन् २०१५ मा राफायल नाडाललाई हराउँदै उपाधि जितेका थिए ।
प्रतिक्रिया 4