+
+
Shares

रुकुम पश्चिमको सानीभेरीमा बाढीले घर, गोठ र पानी घट्ट बगायो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते ९:२१

१० असोज, काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

वडाध्यक्ष टिकाराम खड्काका अनुसार बाढीले एउटा घर, दुई वटा किराना पसल, एउटा गोठ र १० वटा पानी घट्ट बगाएको छ ।

राति साढे ८ बजेतिर परेको भारी वर्षापछि आएको बाढीले उज्वन खड्काको घर बगाएको छ । ठूलो बाढी आएको थाहा पाएपछि खड्काका परिवार घर छाडेर सुरक्षित स्थान गएर बसेका थिए ।

बाढीले खड्काको घर बगाउँदा एक तोला सुनका गरगहना, १० हजार नगद, भाँडावर्तन, अन्नपात, एउटा भैंसी र १० वटा भेंडाबाख्रा बगाएको अध्यक्ष खड्काले बताए ।

बाढीले स्थानीय खड्कबहादुर खडका र बमबहादुर विकको किराना पसल, गंगाराम खड्काको गोठ सहित तीन वटा भैंसी र पञ्चराम डाँगीको दुई वटा गोरु बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी वेद पौडेलले रातिको भारी वर्षापछि ठाडोखोलामा आएको बाढीले केही क्षति गरेको भन्ने जानकारी पाएको बताए ।

उनले भने, ‘राति गाउँलेबाट बाढीले क्षति पुगेको भन्ने जानकारी आएको थियो । मानवीय क्षति भएको छैन भन्ने जानकारी पायौं । घटनास्थल टाढा भएकाले आज बिहानै प्रहरीको टोली घटनास्थल गइसकेको छ । त्यसपछि थप विवरण आउला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?