+
+
Shares

यी हुन् आज अवरुद्ध र एकतर्फी सञ्चालन भएका सडक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते ८:२५

२० असोज, काठमाडौं । आज पनि देशका विभिन्न सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् । रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सडकहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीको जानकारी अनसार रसुवाको मुख्य राजमार्ग सबै पूर्ण रुपमा अवरुद्ध कायमै रहेको छ भने म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बनेनी जोमसोम सडकको अवरोध पनि हटेको छैन ।

मनाङ खाङसार-बेशिसहर सडकखण्ड पनि एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको छ ।  यही असोज ९ गते राति आएको बाढीले बेशीसहर हुँदै खाङसारसम्म जाने सडक प्रभावित भएको हो ।

यता, नवलपरासी पूर्वको कालीगण्डकी कोरिडोरको बौदिकाली गाउँपालिका-३ जन्तीमा पहिरोले सडक एकतर्फी भएको छ । यो खण्डबाट ठूला गाडी सञ्चालन हुन सकेका छैनन् ।

रसुवाका राजमार्ग बाढीका कारण गत भदौ १० गतेदेखि नै बन्द भएको हो भने बेनी जोमसोम सडक पहिरोले गर्दा यही असोज १० गतेदेखि प्रभावित भएको छ । कालीगण्डकीको जन्तीको सडक १४ गतेदेखि एकतर्फी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?