+
+
Shares

हिंसा र जोखिममा परेका ८२७ बालबालिकाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १०:५२

२१ असोज, काठमाडौं । पछिल्लो ६ महिनामा सडक, हिंसा तथा जोखिममा परेका ८२७ बालबालिकाको उद्धार गरी पुनर्स्थापना पनि गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सरकारको पहिलो ६ महिनाको उपलब्धि सारांशमा सो विवरण उल्लेख छ । तर सडक, हिंसा तथा जोखिममा परेका बालबालिकालाई कहाँ–कहाँबाट उद्धार गरिएको र कहाँ पुनर्स्थापना गरिएको हो यसबारे केही खुलाइएको छैन ।

६ महिनाकै अवधिमा हराएका ४ हजार ४५६ बालबालिकाको फेला पारी परिवारसँग पुनर्मिलन गराइएको पनि उपलब्धिको सारांशमाा उल्लेख छ ।

यसैगरी, दलित समुदायको पहिचान: दलित आयोगको सिफारिसमा दलित समुदायले प्रयोग गर्ने एक हजार ४०१ वटा थरहरूको आधिकारिक सूचीकरण स्वीकृत गरिएको छ ।

यही अवधिमा सामाजिक सुरक्षा कोषमा थप २ लाख ६३ हजार ७१४ श्रमिकहरु आवद्ध भई २.२ अर्ब योगदान संकलन भएको र दुर्गम क्षेत्रका ४९ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको नि:शुल्क हवाई उद्धार गरिएको पनि सरकारको तथ्यांक छ ।

यसैगरी जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारलाई नि:शुल्क शिक्षा र स्वरोजगारका लागि सवारी साधन आयातमा सहुलियत छुट दिइएको पनि विवरण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?