२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा अधिवक्ता पवन आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
आचार्यले युवा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । बागलुङबाट महाधिवेशन प्रतिनिधि भएका आचार्यले ३५ वर्षमुनिको युवा खुलातर्फ प्रतिस्पर्धा गर्न लागेका हुन् । ३५ वर्षमुनिका २१ केन्द्रीय सदस्य निर्वाचनबाट छनोट गर्ने विधान बनेको छ ।
विद्यार्थी राजनीति, पार्टी संगठन तथा नीतिगत गतिविधिमा उनी सक्रिय रहँदै आएका थिए । संगठन निर्माण, युवा सहभागिता तथा नीतिगत बहसमा सक्रिय रहँदै आएका आचार्यले पछिल्ला चार वर्षदेखि कांग्रेसका सांसदहरूलाई संसदीय गतिविधिमा सहयोग गर्दै आएका छन् । आचार्यले भने, ‘विद्यार्थी राजनीति सहित संसदीय अभ्यास गतिविधिको अध्ययन, विधायिकी प्रक्रिया तथा नीति निर्माणका क्षेत्रमा व्यावहारिक अनुभव सहित केन्द्रीय सदस्यमा उम्मेदवार बनेको छु ।’
कांग्रेसले अघि सारेको ‘मिसन रोजगारी’ अभियानको सुरुवात, व्यवस्थापन तथा सञ्चालनमा आचार्यले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया 4