+
+
Shares

सामसङ ग्यालेक्सी ए ०८ एलटीई नेपालमा सार्वजनिक, ६ वर्षको सफ्टवेयर सहायता

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १७:५३

२१ असोज, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए सिरिजअन्तर्गत नयाँ ग्यालेक्सी ए ०८ एलटीई स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार किफायती मूल्यमा कृत्रिम बौद्धिकता सुविधा, भरपर्दो कार्यक्षमता, बलियो सुरक्षा र लामो समयसम्म प्रयोग गर्न सकिने स्मार्टफोन खोज्ने युवालाई लक्षित गरी फोन ल्याइएको हो।

सामसङ नेपालका मोबाइल अनुभव व्यवसायका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितका अनुसार सामसङका आधारभूत प्रविधि र उत्कृष्ट बौद्धिक क्षमताको संयोजन गरिएको ग्यालेक्सी ए ०८ एलटीईले दैनिक जीवनमा भरपर्दो कार्यक्षमता प्रदान गर्नेछ।

ग्यालेक्सी ए०८ एलटीईमा ८.० मिलिमिटर पातलो शरीर र ६.७ इन्चको ठूलो पर्दा रहेको कम्पनीले जनाएको छ। फोन गाढा नीलो, चाँदी र हरियो गरी तीन रङमा उपलब्ध हुनेछ।

सफा र आकर्षक डिजाइनसहित तयार गरिएको फोनले दैनिक रूपमा भिडियो तथा अन्य सामग्री हेर्दा सहज र आकर्षक दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

फोनमा ६ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ। यसले पटक–पटक फोन चार्ज गर्नुपर्ने झन्झट कम गर्दै प्रयोगकर्तालाई लामो समयसम्म काम तथा मनोरञ्जनमा जोडिराख्ने कम्पनीले जनाएको छ।

ब्याट्री क्षमताका कारण प्रयोगकर्ताले दिनभर भिडियो तथा अन्य सामग्री हेर्ने, सामाजिक सञ्जाल चलाउने र खेल खेल्नेजस्ता काम गर्न सक्ने कम्पनीको भनाइ छ।

ग्यालेक्सी ए ०८ एलटीईलाई दैनिक प्रयोगका क्रममा हुने धुलो, फोहोर र पानीका छिटाबाट सुरक्षित रहने गरी तयार गरिएको छ। फोनमा आईपी६४ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमता रहेको कम्पनीले जनाएको छ।

फोनलाई लामो समयसम्म सुरक्षित र अद्यावधिक राख्न सामसङले ६ पुस्तासम्मको सञ्चालन प्रणाली अद्यावधिक र ६ वर्षसम्मको सुरक्षा अद्यावधिक उपलब्ध गराउने जनाएको छ। यसले फोनलाई आगामी वर्षहरूसम्म सुरक्षित र नयाँ सुविधासहित प्रयोग गर्न सकिने कम्पनीको दाबी छ।

मूल्य

ग्यालेक्सी ए ०८ एलटीई ४ जीबी र्‍याम तथा ६४ जीबी भण्डारण भएको संस्करणको मूल्य ३४ हजार ४९९ रुपैयाँ तोकिएको छ।

त्यस्तै, ४ जीबी र्‍याम तथा १२८ जीबी भण्डारण भएको संस्करणको मूल्य ४० हजार ९९९ रुपैयाँ र ६ जीबी र्‍याम तथा १२८ जीबी भण्डारण भएको संस्करणको मूल्य ४७ हजार ४९९ रहेको छ।

कम्पनीले १२ महिनाको किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ। जसअनुसार ४ जीबी/६४ जीबी संस्करणका लागि मासिक १ हजार ७२५, ४ जीबी/१२८ जीबी संस्करणका लागि मासिक २ हजार ५० र ६ जीबी/१२८ जीबी संस्करणका लागि मासिक २ हजार ३७५ तिर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?