+
+
Shares

एन्टाको अध्यक्षमा ध्रुव कुमार झा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १५:१३

नर्थ क्यारोलाइना । अमेरिकामा रहेका नेपाली तराईवासीको संस्था एसोसिएसन अफ नेपाली तराईयन इन अमेरिका (एन्टा) को अध्यक्षमा ध्रुव कुमार झा चयन भएका छन् ।

अक्टोबर ३ मा नर्थ क्यारोलाइनाको रालेमा आयोजित महाधिवेशनबाट झाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सुनील मिश्रा, राष्ट्रिय उपाध्यक्षमा नसिम अन्सारी तथा अन्तर्राष्ट्रिय उपाध्यक्षमा श्यामली साह र अमिरी मोची चयन भएका छन् ।

त्यसैगरी महासचिवमा सुनीता देव, सहसचिवमा कृष्ण शाह, कोषाध्यक्षमा बसन्त चौधरी, सहकोषाध्यक्षमा नीलम यादव र प्रवक्तामा तुलसी साहले जिम्मेवारी पाएका छन् । सदस्यहरूमा सुधीर सिंह, संगीता कर्ण, सन्दीप सिंह र अभिमन्यु कुमार लाभ रहेका छन्।

‘सँगै हुँदा अझ बलियो : विगतलाई जोड्दै, भविष्य निर्माण गर्दै’ भन्ने नाराका साथ आयोजित महाधिवेशनमा अमेरिकाका विभिन्न राज्यबाट संस्थापक, अग्रज, पूर्व तथा वर्तमान पदाधिकारी, सामुदायिक अगुवा, सदस्य र शुभेच्छुकहरू सहभागी भएका थिए ।

निवर्तमान अध्यक्ष तौलेश्वर चौधरी नेतृत्वको केन्द्रीय कार्यसमितिले आयोजना गरेको महाधिवेशनमा नेपालका बाढीपीडितहरूको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १२ हजार ४४६ अमेरिकी डलर सहयोग प्रदान गरिएको जानकारी दिइएको थियो ।

महाधिवेशनमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा शाखालाई ‘एन्टा अवार्ड्स २०२६’ प्रदान गरिएको थियो । अवार्ड प्राप्त गर्नेमा सन्तोष साह, नीलम यादव, डा. सरोज कुमार साह, नसिम अन्सारी, सुनीता देव, सुनील मिश्रा, अमिरी मोची लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?