+
+
Shares

भारतमा बढ्यो ब्याजदर

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १८:२६

२१ असोज । भारतीय केन्द्रीय बैंक आरबीआईले बुधबार रिपो दर ०.२५ प्रतिशत बिन्दुले बढाएको छ । हाल ५.२५ प्रतिशत रहेको रिपो दर ५.५० प्रतिशत कायम भएको छ ।  नीतिगत दरकै रुपमा भारतमा रिपो दरलाई लिइने गरिन्छ । यसकै आधारमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर तय हुने गर्छ ।

आरबीआई मोनिटरी पोलिसी कमिटीले मूल्यवृद्धि नियन्त्रणको प्रयासका लागि भन्दै रिपो दर केही बढाएको हो । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले तेलको मूल्य महँगिरहेको अवस्थामा त्यसले समग्र मूल्यवृद्धि बढ्न दबाब पुगिरहेको छ ।

रिपो दर बढेसँगै भारतका बैंक तथा वित्तीय संस्थालाई ब्याजदर बढाउन दबाब पुग्ने छ । भारतमा घरजग्गा, सवारीसाधन लगायत खरिदमा अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा लागत केही महँगिन जानेछ ।

ब्याजदर बढ्दा भारतीय स्टक मार्केटमा समेत बुधबार ठूलो असर परेको छ । बुधबार बीएसई सेन्सेक्स ४२९ अंक (०.५९ प्रतिशत) घटेको छ ।

यसैबीच २०२६/२७ मा भारतमा मूल्यवृद्धि ५.२ प्रतिशत रहने आरबीआईको अनुमान छ । सो आर्थिक वर्ष आर्थिक वृद्धिदर ७.१ प्रतिशत कायम हुने अनुमान पनि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?