+
+
Shares

काजी तौकीरलाई के भयो ? किन चल्यो बिग बोसबाट बाहिरिने चर्चा ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १८:१५

अहिले ‘बिग बोस २०’ मा चर्चा छ त, काजी तौकीरकै ।

कहिले गीत गाउँछन् । कहिले क्यारिकेचर गर्दै घरका सदस्यलाई हँसाउँदै गरेको देखिन्छन्, उनी । यही शैलीले कहिलेकाहीँ भने सदस्यलाई दिक्क पनि बनाइदिन्छ ।

बिगबोस बाहिर भने उनको उपस्थितिलाई दर्शकले खुब रुचाएका छन् भन्दा फरक नपर्ला । तर, उनै काजीलाई लिएर अहिले अर्को चर्चा सुरु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पछिल्लो समय बिगबोसको घरमा त्यति देखिएका छैनन्, उनी ।

स्वास्थ्यमा सुधार नआएमा उनी ‘बिग बोस’को घरबाट बाहिरिन सक्ने अड्कलबाजीसमेत चल्न थालेको छ ।

आखिर, के हो त कुरा ?

काजीलाई केही दिन देखि ज्वरोले सताएको छ । उनलाई कमजोरी महसुस भएपछि मेडिकल रुममा लगिएको खबर बाहिरिएसँगै उनी शोबाट बाहिरिन सक्ने अड्कल सुरु भएको हो ।

यहीबीच काजीको टिमले भने उनको स्वास्थ्यसँगै ‘बिग बोस’ को घरमा उनको अवस्थाबारे स्पष्ट पारेको छ । टिमका अनुसार काजी पछिल्ला केही दिनदेखि घरभित्रै ज्वरोसँग संघर्ष गरिरहेका छन् । कमजोरी महसुस भएपछि चिकित्सकले उनको जाँचसमेत गरेका थिए । तर, उनी अहिले पनि ‘बिग बोस’को घरमै छन् ।

स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि काजी टास्कमा सहभागी भइरहेका छन् । मौका पाउनेबित्तिकै आराम गर्ने र आफ्नो स्वास्थ्यको ख्याल राख्दै घरका सदस्यलाई मनोरञ्जन दिने प्रयास गरिरहेको उनको टिमले जनाएको छ ।

अरिश्फासँगको विवादले पनि तान्यो ध्यान

काजीको चर्चा स्वास्थ्यका कारण मात्रै भएको होइन । पछिल्लो समय उनी अरिश्फा खानसँगको विवादका कारण पनि चर्चामा छन् । हालै सार्वजनिक भएको प्रोमोमा अरिश्फा र काजीबीच चर्काचर्की भएको देखाइएको छ । अरिश्फाले काजीलाई बाहिर जान भनेपछि दुवैबीच भनाभन भएको देखिन्छ । कुराकानीका क्रममा दुवैले एकअर्कामाथि असभ्य व्यवहार गरेको आरोपसमेत लगाएका छन् ।

यता काजीको टिमले भने प्रशंसकलाई नआत्तिन आग्रह गरेको छ । उनी अझै ‘बिग बोस २०’ को हिस्सा रहेको र उनको स्वास्थ्यबारे शोको टिमसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

भनिहालौँ, काजी तौकीर एक गायक हुन् । सन् २००५ मा ‘फेम गुरुकुल’ को विजेता बनेपछि उनी चर्चामा आएका थिए । त्यही शोमा उनीसँगै अरिजित सिंह पनि सहभागी थिए । लामो समयपछि उनी अहिले ‘बिग बोस २०’ मा प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?