+
+
Shares

ट्रम्प भन्छन्– रुस र चीनले इरानलाई सहयोग गरिरहेका कुरामा मलाई विश्वास छैन

चीन र रुसले इरानलाई सहयोग गरे दुवै देशले धेरै कुरा गुमाउनुपर्ने ट्रम्पले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते २१:३०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् ।

आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् ।

‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका छन् ।

यदि उनीहरूले सहयोग गरिरहेका छन् भने पनि त्यो निकै न्यून स्तरमा रहेको हुनसक्ने ट्रम्पको भनाइ छ । उनले थपेका छन्, ‘तर, उनीहरूले कुनै पनि सहयोग गरिरहेका छन् भन्ने मलाई विश्वास लाग्दैन ।’

चीन र रुसले इरानलाई सहयोग गरे दुवै देशले धेरै कुरा गुमाउनुपर्ने ट्रम्पले बताएका छन् । साथै, उनीहरूले त्यस्तो सहयोग गरे अमेरिकालाई त्यसबारे जानकारी हुने र निकै छिट्टै थाहा पाउने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?