२८ असोज, काठमाडौं । काठमाडौं उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले कडा निगरानी तथा कारबाही प्रक्रियालाई निरन्तरता दिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ६५८ जना सवारी चालक कारबाहीमा परेका हुन्।
सडक अनुशासन कायम राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ४७ जना र तीव्र गतिमा सवारी हाँक्ने ६६ जना चालक पक्राउ परेका छन्।
यसैगरी, सवारीको यान्त्रिक अवस्था ठीक नभएका ३१ जना, रेड लाइट उल्लङ्घन गर्ने २३ जना, सीसीटीभी निगरानीका आधारमा २३ जना, लेन अनुशासन मिच्ने ९ जना, अनावश्यक रूपमा हर्न बजाउने ८ जना र वन-वे उल्लङ्घन गर्ने २ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।
अन्य विभिन्न सामान्य नियम उल्लङ्घन गर्ने ४४९ जना चालकलाई समेत कारबाहीको दायरामा ल्याइएको छ।
प्रतिक्रिया 4