+
+
Shares

विद्युत् महसुलको ५ प्रतिशत भ्याट हटाउन उज्यालो नेपालले पुनः सुरु गर्‍यो हस्ताक्षर अभियान

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १२:०८

२८ असोज, काठमाडौं । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ ।

पार्टीले गत भदौ १ गतेदेखि सुरु गरेको हस्ताक्षर अभियान रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित भएको थियो ।

पार्टीका सचिव केदार खड्काले नागरिकको उत्साहपूर्ण सहभागितामा अघि बढिरहेको अभियानलाई निरन्तरता दिन पार्टीले पुनःसञ्चालन गर्ने निर्णय गरेको बताए ।

पार्टीले आफ्ना सम्पूर्ण प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेतृत्व, नेता र कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा अभियान तत्काल पुनःसुरु गर्न आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?