+
+
Shares

उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच समायोजन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच औपचारिक रूपमा पार्टी समायोजन भएको छ ।
  • समायोजन सहमति पत्रमा उज्यालो नेपालका महासचिव धर्म चौधरी र हाम्रो पार्टीका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन् ।
  • दुई दलबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटो अघि बढाउने ७ बुँदे सहमति भएको छ ।

१५ जेठ, काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ ।

समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने भन्दै दुई दलले पार्टी समायोजन गरेका हुन् ।

पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा सात बुँदे सहमति पनि उल्लेख छ । दुवै पक्षबीच पूर्ण एकता कामय गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढाइने सहमति दुवै पक्षबीच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?