+
+
Shares

कलंकीमा कुटपिटबाट एक युवकको मृत्यु, तीन जना पक्राउ

उनको उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १६:२०

२८ असोज, काठमाडौं । कलंकीमा एक युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका १९ वर्षीय रुपेश पाख्रिनसहित तीन जना पक्राउ परेका छन् ।

बुधबार बिहान साढे ३ बजेतिर रुपेश र सोही ठाउँ घर भएका १८ वर्षीय रोशन पाख्रिनबीच विवाद भएको थियो । विवादपछि कुटपिट हुँदा रोशन गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?