+
+
Shares

बालबालिकालाई थुनामा कठोर व्यवहार नदेखाउन महान्यायाधीवक्ताको परिपत्र

बालबालिकालाई थुनामा राख्नुपरेमा छुट्टै कक्ष बनाउन, अलग शौचालयको प्रयोग गर्न र तालिमप्राप्त कर्मचारीहरुको प्रयोग गर्नु भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १६:३७

२८ असोज, काठमाडौं । महान्यायाधीवक्ता कार्यालयले विभिन्न कसुरमा मुछिएका र सुधारगृहमा रहेका बालबालिकालाई उचित व्यवहार गर्न भन्दै सरकारी वकिलहरुलाई १५ बुँदे निर्देशन जारी गरेको छ ।

महान्यायाधीवक्ता कार्यालयले विभिन्न जिल्ला सरकारी वकिलको कार्यालय र प्रहरी मार्फत परिपत्र जारी गरेको हो । उसले उनीहरूलाई पक्राउ गर्दा सादा पोसाकका प्रहरी प्रयोग गर्न, नेल र हतकडी नलगाउन अनि परिवार र संरक्षकलाई तत्काल खबर गर्न निर्देशन दिएको हो ।

साथै, सानातिना कसुरमा बालबालिकालाई थुनामा नराखी हाजिरी जमानीमा छाड्न निर्देशन दिएको छ । बालबालिकालाई थुनामा राख्नुपरेमा छुट्टै कक्ष बनाउन, अलग शौचालयको प्रयोग गर्न र तालिमप्राप्त कर्मचारीहरुको प्रयोग गर्नु भनेको छ ।

उसले बालबालिकालाई अभद्र व्यवहार जस्ता प्रशासनिक प्रकृतिका मुद्दा खडा गरी प्रमुख जिल्ला अधिकारी वा प्रशासनिक अधिकारीहरुसमक्ष पेस गर्ने परिपाटी रोक्न भनेको छ ।

यस्तो छ परिपत्र : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?