+
+
Shares

रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिनेगरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १९:१४

२८ असोज, काठमाडौं । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित चार हजार १०८ परिवारलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ ।

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिनेगरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय तहसँगको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका प्रभावित परिवारलाई सहायता उपलब्ध गराइएको हो ।

तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका करिब एक हजार ४०० परिवारलाई पनि तीन दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ ।

यही असोज २३ गते बसेको केन्द्र तथा तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोस्टको संयुक्त बैठकले विपद् प्रभावित परिवारको पहिचान, प्रमाणीकरण र शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

रेडक्रससहित अन्य विकास साझेदारले पनि नगद सहायता उपलब्ध गराउन चाहेकाले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार दोहोरो सहायता हुन नदिने र कुनै पनि प्रभावित परिवार नछुट्ने गरी सहयोग वितरण गर्न स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको कार्यालयले जनाएको छ ।

बाढी प्रभावितको दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका लागि पनि काम भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?