News Summary
Generated by OK AI. Editorially reviewed.- कामना सेवा विकास बैंकका महिला कर्मचारीले रसुवा बाढी प्रभावितका लागि काठमाडौंका होल्डिङ सेन्टरमा सरसफाइ र व्यक्तिगत स्वच्छता सामग्री सहयोग गरेका छन् ।
- बैंकले यसअघि राहत, उद्धार र पुनर्स्थापनाका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख र कर्मचारीको एक दिनको तलब १५ लाख गरी २५ लाख सहयोग गरेको थियो ।
- उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले गरेको छ ।
११ असोज, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीले रसुवा बाढी प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेकालाई सरसफाइ तथा व्यक्तिगत स्वच्छता सम्बन्धी सामग्री सहयोग गरेका छन् ।
ती सामग्री बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकका तर्फबाट प्रभावितलाई हस्तान्तरण गरिन् । प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारको स्वास्थ्य, सरसफाइ तथा व्यक्तिगत स्वच्छता सम्बन्धी तत्कालीन आवश्यकता मध्यनजर गर्दै बैंकका महिला कर्मचारीको सहभागितामा आवश्यक सरसफाइ सामाग्री संकलन गरी सहयोग प्रदान गरिएको हो ।
विपद्मा खाद्यान्न, आवास तथा अन्य राहत सामग्रीसँगै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका आधारभूत सामग्रीको आवश्यकता समेत महत्त्वपूर्ण हुने भएकाले प्रभावितको दैनिक जीवन सहज हुने अभिप्राय साथ उक्त सहयोग प्रदान गरिएको हो ।
यसअघि कामना सेवा विकास बैंकले रसुवा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलब बापत १५ लाख गरी कुल २५ लाख सहयोग गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले गरेको छ ।
बैंकले विपद् प्रभावित समुदायप्रति संस्थागत सहयोगसँगै कर्मचारी स्तरबाट समेत देखाइएको मानवीय सहभागिताले सामाजिक उत्तरदायित्व र सहकार्यको भावनालाई थप सुदृढ बनाएकोे छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विपद् व्यवस्थापन, मानवीय सहायता, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक हितका विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यकता र परिस्थिति अनुसार प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया 4