News Summary
Generated by OK AI. Editorially reviewed.- कामना सेवा विकास बैंकले २० औं वार्षिक साधारणसभा भदौ ३१ गते आम्रपाली बैंक्वेट, बालुवाटारमा बोलाएको छ ।
- साधारणसभाले अग्राधिकार सेयरधनीलाई ९ प्रतिशत र साधारण सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
- बैंकले लाभांश र साधारणसभा प्रयोजनार्थ भदौ १८ गते बुक क्लोज गर्ने र भदौ १७ सम्म कायम सेयरधनीलाई मात्रै लाभांश तथा सहभागिता दिनेछ ।
८ भदौ, काठमाडौं । कामना सेवा विकास बैंकले २० औं वार्षिक साधारणसभा भदौ ३१ गतेको लागि आह्वान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटारमा बस्ने भएको छ । साधारणसभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम अग्राधिकार सेयरधनीलाई ९ प्रतिशत तथा आफ्ना सेयरधनीलाई १५ प्रतिशत (करसमेत) नगद लाभांश पारित गर्नेछ ।
त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहित गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्नेछ । वाह्य लेखापरीक्षक नियुक्ति गर्ने
लगायतका अन्य प्रस्ताव पनि रहेका छन् ।
बैंकले गत वर्ष बोनस सेयर तथा नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १७ सम्म कायम सेयरधनीले मात्रै लाभांश पाउन र साधारणसभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया 4