+
+
Shares

गंगालक्ष्मी अवाल कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते २१:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा भक्तपुरकी गंगालक्ष्मी अवाल आदिवासी जनजाति महिला क्लस्टरबाट निर्वाचित भएकी छिन् ।
  • उनी भक्तपुरबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद र उद्यमी पनि हुन् ।
  • अवालको राजनीतिक यात्रा भक्तपुर बहुमुखी क्याम्पसको स्ववियु सदस्यबाट शुरू भएर केन्द्रीय कार्यसमितिको सदस्यसम्म पुगेको छ ।

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा गंगालक्ष्मी अवाल निर्वाचित भएकी छिन् ।

उनी आदिवासी जनजाती (महिला) क्लस्टरबाट निर्वाचित भएकी हुन् ।

भक्तपुरबाट प्रतिनिधित्व गर्ने उनी कांग्रेस सांसद पनि हुन् । अवाल नेपाली कांग्रेसको राजनीतिसँगै उद्यमी पनि हुन् ।

भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियु सदस्यबाट सुरु भएको उनको राजनीतिक यात्रा भक्तपुर महाधिवेशनमा नगर कोषाध्यक्ष, महिला संघको जिल्ला उपसभापति, केन्द्रीय सदस्य, संगठन विभागको सदस्य हुँदै १४औँ महाधिवेशनमा उनी केन्द्रीय कार्यसमितिको सदस्य भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?