News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार ४८ वर्षीय मेघराज भन्ने बाबु थापा पेस्तोलसहित पक्राउ परेका छन्।
- प्रहरीले थापाको साथबाट २ थान पेस्तोल, ३ थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरेको छ।
- थापा आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ परेका र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२८ असोज, काठमाडौ । सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पेस्तोलसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
उनको साथबाट २ थान पेस्तोल, ३ थान म्यागजिन र गोली १५ राउन्ड बरामद भएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4