+
+
Shares

कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका युवक १७ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते ८:५१

१६ साउन, धनगढी । कञ्चनपुरमा युवकको हत्या गरेर १७ वर्षदेखि फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–४ बस्ने ३५ वर्षीय टुकु भनिने राजेश राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।

उनकाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष ६ महिना कैद सजाय तोकिएका रानालाई भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पक्राउ गरिएको थियो । प्रहरीले प्राविधिक कारण गड्डाचौकीबाट पक्राउ गरिएको भनेपनि रानालाई भारतमा लुकेर बसेको अवस्थामा उतैबाट नियन्त्रणमा लिइएको थियो ।

रानाले लालझाडीकै ३० वर्षीय रामस्वरुप रानाको २०६६ सालमा हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो । डीएसपी रावतकाअनुसार रामस्वरुप १७ मंसिर २०६६ मा घरबाट हराएका थिए । १२ दिनपछि दोदा नदीमा मृत फेला परेको थिए ।

उनको हत्या गरेर फालिएको खुलेपछि प्रहरीले रानामाथि मुद्दा चलाएको थियो तर राना घटना भएकै बेलादेखि फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?