News Summary
Generated by OK AI. Editorially reviewed.- चाङ्गानले दशैं, तिहार र छठलाई लक्षित गर्दै ग्राहकका लागि ‘चाङ्गान केयर २४×७’ सडक सहायता सेवा सुरू गरेको छ।
- एमएडब्लू वृद्धि अटोकर्पले सञ्चालन गरेको यो सेवाबाट यात्राका क्रममा सवारीसाधन बिग्रिएमा तानेर मर्मत केन्द्र पुर्याउने, घटनास्थलमै मर्मत र आकस्मिक सहायता उपलब्ध हुनेछ।
- सेवा चाङ्गानका अवात्र, दिपल र निभो ब्रान्डका मोडलमा लागू हुनेछ र नेपालका ११ स्थानबाट ९७०४०२४३६५ नम्बरमा सहायता लिन सकिनेछ।
२९ असोज, काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चाङ्गानले ग्राहकका लागि चौबीसै घण्टा सडक सहायता सेवा सुरु गरेको छ।
नेपालमा चाङ्गानका सवारीसाधनको आधिकारिक प्रतिनिधि एमएडब्लू वृद्धि अटोकर्प प्रालिले सञ्चालनमा ल्याएको ‘चाङ्गान केयर २४×७’ सेवामार्फत ग्राहकले यात्राका क्रममा सवारीसाधनमा समस्या आएमा आवश्यक सहायता प्राप्त गर्न सक्नेछन्।
चाडपर्वका बेला परिवार तथा आफन्तसँग भेटघाट गर्न र घुमफिरका लागि धेरै सर्वसाधारणले यात्रा गर्ने भएकाले यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ। घर फर्किने वा देशका विभिन्न गन्तव्यमा जाने क्रममा सवारीसाधनमा अप्रत्याशित समस्या आएमा ग्राहकले चौबीसै घण्टा सडक सहायता लिन सक्नेछन्।
यो सेवा चाङ्गानअन्तर्गतका अवात्र, दिपल र निभो ब्रान्डका विभिन्न सवारीसाधनमा लाग हुनेछ। यसअन्तर्गत अवात्र ०७ र ११, दिपल एस ०७, एस ०५, ई०७ र एल ०७ तथा निभो क्यू ०५ मोडल समावेश छन्।
कम्पनीका अनुसार सेवाअन्तर्गत सवारीसाधन बिग्रिएमा आवश्यकताअनुसार तानेर मर्मत केन्द्रसम्म पुर्याउने व्यवस्था, घटनास्थलमै मर्मत सहयोग, आकस्मिक सहायता तथा ग्राहक सहायता टोलीको सेवा उपलब्ध हुनेछ। यसबाट यात्राका क्रममा सवारीसाधनमा समस्या आउँदा ग्राहकलाई आवश्यक सहयोग प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
‘नेपालको जुनसुकै स्थानमा पनि तपाईंको यात्रा हाम्रो लागि महत्त्वपूर्ण छ’ भन्ने प्रतिबद्धतासहित सञ्चालन गरिएको यो सेवाको सञ्जाल नेपालका ११ प्रमुख स्थानमा विस्तार गरिएको छ। कम्पनीले दाङ, धनगढी, बिर्तामोड, विराटनगर, नेपालगञ्ज, बुटवल, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा र ललितपुरको बालकुमारीबाट सेवा उपलब्ध गराउने जनाएको छ।
सडक सहायता आवश्यक परेमा ग्राहकले ९७०४०२४३६५ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। विशेषगरी चाडपर्वका बेला लामो दूरीको यात्रा गर्ने ग्राहकलाई आवश्यक परेको समयमा सहायता उपलब्ध गराउनु यस सेवाको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया 4