२९ असोज, काठमाडौं । सिरहाको लहान नगरपालिका–२३ स्थित बलान खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन् ।
बिहीबार दिउँसो करिब पौने ३ बजे बलान खोलामा पौडी खेल्ने क्रममा लहान नगरपालिका–२३ निवासी राम उदगार महतोका ८ वर्षीय छोरा अभिनन्दन महतो र जोगेन्द्र महतोका १२ वर्षीय छोरा राजु महतो डुबेर बेपत्ता भएका थिए ।
उनीहरूसँगै पौडी खेलिरहेका उमेश महतोका १० वर्षीय छोरा अमर महतोले होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खोजी गर्ने क्रममा १२ वर्षीय राजु महतो खोलामा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बेपत्ता ८ वर्षीय अभिनन्दन महतोको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4