+
+
Shares

गायक डम्बर नेपालीलाई उर्लाबारीमा सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक डम्बर नेपालीलाई उर्लाबारीमा नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानपत्र र नगदसहित सम्मान गरिएको छ।
  • उर्लाबारी नगरपालिकाका प्रमुख गंगा खरेलले कला र संस्कृतिको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान सकारात्मक कार्य भएको बताए।
  • कार्यक्रममा सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका दुई दर्जन परिवारलाई खाद्यान्न तथा नगद सहयोग प्रदान गरिएको थियो।

गायक डम्बर नेपालीलाई गृहक्षेत्र उर्लाबारीमा सम्मान गरिएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको अमूल्य योगदानको कदर गर्दै एक कार्यक्रम आयोजना गरी गायक नेपालीलाई सम्मान गरिएको हो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गंगा खरेल, युवा व्यवसायी सचिन शाक्य र युवा मन नेपाल संस्थाका अध्यक्ष किशोर श्रेष्ठले गायक नेपालीलाई सम्मानपत्र तथा नगदसहित सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख गंगा खरेलले गायक नेपालीले कला र संस्कृतिको उर्वर भूमिकाका रूपमा उर्लाबारी स्थापित हुँदै गएको उल्लेख गर्दै यस क्षेत्रको सांगीतिक तथा सांस्कृतिक विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान गर्नु सकारात्मक कार्य भएको बताए ।

सम्मान ग्रहणपछि गायक डम्बर नेपालीले आफूलाई उर्लाबारीमा स्वागत तथा सम्मान गरेकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गरे। उनले कलाकारको योगदानको कदर गर्दै सम्मान गर्नुले सांगीतिक क्षेत्रमा लागेका व्यक्तिहरूलाई थप हौसला मिल्ने बता ए।

आयोजक युवा मन नेपाल संस्थाका अध्यक्ष किशोर श्रेष्ठका अनुसार कार्यक्रममा गायक नेपालीसहित सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । समाजमा सकारात्मक योगदान दिने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

सामाजिक क्षेत्रमा क्रियाशील संस्थाहरूले सम्मान तथा सांस्कृतिक कार्यक्रमसँगै विपन्न, असहाय र आवश्यकतामा रहेका नागरिकलाई सहयोग गर्ने गतिविधि सञ्चालन गर्न सके समाजमा सहयोग र सहकार्यको भावना अझ बलियो हुने विश्वास गरिएको छ । यस कार्यक्रमले पनि कलाकारको सम्मान र विपन्न परिवारलाई सहयोग गर्ने कार्यलाई एउटै मञ्चमा जोडेको छ ।

कार्यक्रममा कलाकार, सामाजिक व्यक्तित्व, स्थानीय प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका दुई दर्जन परिवारलाई खाद्यान्न तथा नगद सहयोगसमेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?